हतियार चोर्ने गंगाधरलाई २५ वर्ष जेल, झुटो मुद्दा लगाइएका दुई सैनिकले पाए न्याय

चितवनस्थित कालीबहादुर गणको हतियार चोरेर आफ्नै साथीको हत्या गर्ने सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला सुनाइएको छ।

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बुधबार २५ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।

महेन्द्र दल गणमा कार्यरत हुँदा भरत गुरुङको गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमलडाँडामा शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दैजाँदा ढकालले नै साथीको हत्या गरेको खुलेको थियो। उनले कालीबहादुर गणबाट चोरी भएकै 'एसएमजी' प्रयोग गरी साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

ढकाललाई चितवनको टाँडीबाट पक्राउ गरेको थियो। प्रहरीले ढकालविरूद्ध अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दामा अधिकत्तम कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। 

पछि जिल्ला अदालत चितवनको आदेशअनुसार ढकालमाथि अनुसन्धानका लागि नेपाली सेनाले कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। 

कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनका आधारमा सैनिक समरी अदालतले बुधबार हत्यासम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्ष सजाय र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी फैसला गरेको हो।

थुनामा रहेका सैनिक जवानकाे तर्फबाट अधिवक्ता अरुण पौडेल र सोमनाथ ढुंगानाले बहस गरेका थिए भने, नेपाली सेनाकाे तर्फबाट महेन्द्रजंग शाह र साम्बराज अर्यालले बहस गरेका थिए।

जेलमा रहेका दुई सैनिकले पाए न्याय

साढे दुई वर्षदेखि जेल जीवन बिताइरहेका दुई सैनिकले न्याय पाएका छन्।

सैनिक जवान लबकुमार गुरुङ र सरोज तामाङलाई बिहीबार सैनिक विशेष अदालतको इजलासले तीन वर्षसम्म बढुवा राेक्का गर्ने निणर्य गर्दै जागिरमा थमाैती गरेकाे हो।

हतियार चोरीकाे अभियाेग लगाइएका उनीहरू उक्त दिनमा डिउटीमै थिए। 

सैनिक विशेष अदालतको इजलासले डिउटीमा रहेका सैनिक जवानलाई जबरजस्ती चोरीको अभियोग लगाएर जेल पठाउने सेनाकाे कानून विभागका अधिकारीलाई के–कस्तो विभागिय कारवाही होला त्यो भने हेर्न बाँकी छ ।

यो फैसलाले न्याय दिने नाममा सैनिक कोडमार्शलका फैसाल बदर गर्दैजाँदा सैनिक न्याय प्रणाली र कोडमार्शलको अस्तिव समाप्त एक सैनिक अधिकारीले गुनासो गरेका छन्।

के हो चितवन घटना ? 

दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्र दल’ का सिपाही गंगाधर ढकालले  मिति २०७५ पुस ४ गते बिहान कालीबहादुर गणको कोतबाट बट नं. १००७८२ एस.एम.जि. (सटमेसिनगन) चोरी गरे। 

कालीबहादुर गणबाटै सैन्य तालिम गरेकाले उनलाई हतियार र कोतबारे जानकारी थियो जसका कारण उनलाई गणमा छिरेर हतियार निकाल्न सहज भयो। ढकाल ‘दि फेमस महिन्द्र दल’बाट पुस १ गते बिदामा बसेका थिए। 

हतियार हराएपछि अनुसन्धान सुरु भयो।  

अनुसन्धानका क्रममा त्यति बेला ड्यूडीमा रहेका सिपाही सुबी गुरुङ, लवकुमार तामाङ र सरोज तामाङलाई लागू औषध दिएर हतियार चोरीमा सावित गरिएकाे थियाे।

सहदेव खड्काको अध्यक्षतामा गठन भएको सैनिक अदालतमा मुद्दा दायर गरी सो अदालतले पनि सोही ठहर गरी सुबीलाई ३ महिना, लवकुमारलाई ७ र सरोज तामाङलाई १० वर्ष सजाय तोकिएकाे थियाे। 

प्रमुख सेनानी अमित प्याकुरेल त्यति बेला मध्य पृतना, हेटौँडामा कानून अधिकृत थिए। स्रोतका अनुसार तत्कालीन प्रधान सेनापति पूर्णचन्द थापाले यो मुद्दालाई छिटो टुग्याउन निर्देशन दिएपनि प्राड विवाकका अधिकारिले आलटाल गर्दैआएका थिए। 

प्रकाशित मिति: : 2021-09-02 21:25:00

प्रतिकृया दिनुहोस्