प्रदेश २ मा एमालेका ११ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत 

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश २ मा नेकपा एमालेका ११  जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

बिहीबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरूले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

एकीकृत समाजवादीमा सनाखत गर्ने सांसदहरुमा शत्रुधन महतो, मञ्जुकुमारी यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र राय यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोककुमार यादव र प्रमोद यादव छन्।

सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् सनाखत गराएका हुन्।

यस्तै, प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ मौसम खराबीका कारण जनकपुर आउन नसकेको प्रदेश सांसद शत्रुधन महतोले जानकारी दिए।उनीहरुले अर्को दिन आएर सनाखत गर्ने छन्। 

प्रकाशित मिति: : 2021-09-02 15:35:00

प्रतिकृया दिनुहोस्