दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ।

घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले  कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर प्रदेश प्र.३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको जानकारी दिए।

कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ का नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको रिजालले बताए। मृतक चारै जनाको शब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। 

प्रकाशित मिति: : 2021-09-02 08:01:00

प्रतिकृया दिनुहोस्