गाउँ पस्न लाग्याे सप्तकाेसीकाे बाढी, जाेखिम क्षेत्रका स्थानीय भन्छन्- डरले नसुतेकाे साता बित्याे

शिलापत्र

नवराज कुँवर

‘तीन/चार वर्षअगाडिसम्म कोसी ऊ दुई/तीन किलोमिटर परदेखि बग्थ्यो’, स्थानीय ४६ वर्षीय दिलबहादुर माझीले आफ्नो घरबाट पूर्वतिर देखाउँदै भने, ‘तर, अहिले कोसी यी मेरै घरदेखि तीन सय मिटर नजिक आइसक्यो। पहाडतिर अझै पानी पर्‍यो भने केही दिनमै घरबारी बगाउने भयो। यही सुर्ताले हामी हप्तौँदेखि सुत्न सकेका छैनौँ।’ 

दिलबहादुरको खरले छाएको टाटीको घर सुनसरीको बराहक्षेत्र नगरपालिका–६, चिलिया टापुमा छ, जुन कुनै पनि बेला सप्तकोसीले बगाउन सक्ने खतरा छ। घरछेउमै उनले मकै र तरकारी खेती गरेका छन्। त्यही बेचेर आउने आम्दानी उनको घरगर्जो टार्ने स्रोत हो। तर, कोसीको बाढी घरबारीनजिकै आएको देखेर उनको होसहवास उडेको छ।

पूर्वीपहाडी जिल्लामा केही दिनदेखि लगातार वर्षा भइरहेको छ। वर्षासँगै उर्लिएको सप्तकोसीले सुनसरीको सिसौली घाटभन्दा मास्तिरैबाट पश्चिमतिर कटान तीव्र पारेको छ। कोसी गाउँतिर पस्ने डरले सुनसरी, उदयपुर र सप्तरीका सयौँ परिवार दिलकुमारजस्तै राम्रोसित निदाउन सकेका छैनन्।’

सप्तकोसीले पश्चिमी तट चाप्दै लगेकाले सुनसरीको बराह क्षेत्र नगरपालिकाको ६ नम्बर वडा, उदयपुरको बेलका नगरपालिका २, ३, ८, ९ नम्बर वडा अनि सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिका बाढीको उच्च खतरामा छन्।

प्रकाशित मिति: : 2021-08-30 18:56:00

प्रतिकृया दिनुहोस्