अविरल वर्षाका कारण रूपन्देहीका विभिन्न स्थानहरू डुबानमा परेका छन्।
बिहीबार साँझदेखि परेको वर्षाका कारण तिलोत्तमा नगरकाको मणिग्राम, भलवारी, शान्तिनगर र दक्षिणी क्षेत्रमा रहेका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारीलगायतका क्षेत्रहरू डुबानमा परेका हुन्।
पहिरोका कारण पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरूसिङ्घे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छन्। त्यस्तै बाढीले बर्दघाट क्षेत्रमा रहेका तीनवटा डाईभर्सन पनि बगाएकाे छ।
देवदहको घोडाहामा रहेको पक्की पुलसमेत भाँसिएको छ।