माधव नेपालकाे नयाँ पार्टीलाई कम्तिमा पाँच मन्त्री र एक राज्यमन्त्री, को-को बन्दै छन् मन्त्री?

Breaknlinks
Breaknlinks

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे नवगठित नेकपा (एकीकृत समाजवादी) कम्तिमा पाँच जना मन्त्री र एक जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा छ। कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगाे लाग्न बाँकी भए पनि सत्तारुढ गठबन्धनका पाँच दलभित्र कसले कति मन्त्रालय पाउने भन्ने बिहीबार लगभग टुङ्गो लागेको छ ।

मन्त्रालयको सङ्ख्या टुङ्गो लागे पनि कुन–मन्त्रालय कसको भागमा र कति राज्यमन्त्री भन्ने अझै एकीन भई नसकेकाे सरकारी स्रोतले जनाएको छ । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निभाएबापत् का‌ंग्रेसले उपसभामुख पनि माधव नेपालकै भागमा थपिदिने ती अधिकारीले बताए ।

पार्टी फुटाउनुअघि नै नियुक्तिमा हिस्सा पाउन सुरु गरेकाे नेकपा (एकीकृत समाजवादी) ले  राज्यका महत्वपूर्ण निकायमा पनि आफ्नो सहभागिता खाेजेकाे बालुवाटार स्राेतले जनाएकाे छ।

उपसभामुखका लागि तीन सांसद कल्याणी खड्का, पुष्पाकुमारी कर्ण वा सरला यादवको नाम चर्चामा भएपनि को हुन्छ भनेबारे एकीन गरिएको छैन। यसबारे पार्टीभित्र आन्तरिक छलफल चलिरहेको बताइएको छ।

उपसभामुखका लागि सुरुमा वामदेव गौतमले पत्नी तुलसा थापाका लागि चासो देखाएका थिए तर नेता गौतमकाे दोधारेपनले पत्नी तुलसा थापाले उपसभामुखकाे अवसर गुमाइन्। गौतमले मन्त्री बनाउने आश्वासन पाएपछि पत्नी थापालाई माधव नेपालको पक्षमा लगाए पनि ढिलो भइसकेकाे छ । अब उनी मन्त्री बन्न सक्ने छैनन् । 

नेपाल पक्षबाट विरोध खतिवडाकाे नाम मन्त्रीकाे लागि लगभग पक्का भएकाे छ। उनी ०४८ सालदेखि संसदमा चुनिएका खतिवडा चार पटक चुनाव लडेर सधैँ जितेका तर एमालेले कहिल्यै मन्त्री नबनाएका नेता हुन् । 

त्यस्तै, रामचन्द्र पौडेललाई चुनाव हराएरआएका सांसद् कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) लाई भने नेता नेपालले राज्यमन्त्री मात्र बनाउने तयारीमा रहेको स्रोतकाे दाबी छ। उनी पार्टीको केन्द्रीय सदस्य नभएकाले राज्यमन्त्री मात्र बनाउने संभावना रहेको ती नेताले जानकारी दिए । 

नेता नेपालले बिहिबार पत्रकार सम्मेलन गरी सरकारमा सहभागी हुने जानकारी गराएका छन्प  । त्यसलगत्तै मन्त्रीका लागि मरिहत्ते गरिरहेका सांसदहरू मेटमणि चौधरी र प्रेम बहादुर आलेको नाम सबैभन्दा चर्चामाआएको छ। स्राेतका अनुसार नेकपा (एस) ले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएकाे हाे।

मन्त्रीको प्रतिस्पर्धामा पाँचथरबाट निर्वाचित भवानीप्रसाद खापुङ र राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल पनि छन् । दुवैले आफू राजनीतिक करिअरको अन्तिम चरणमा रहेकाले मन्त्री बनाइदिन आग्रह गरेकाे बताइएकाे छ ।

 साेही अनुसार पछिल्लो समय नेता नेपालनिकट मानिएकी नेत्री रामकुमारी झाँक्रीको नाम पनि मन्त्रीको लागि अग्रस्थानमा छ।

नयाँ सरकार गठन भएको महिनौँ बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। प्रधानमन्त्री देउवाले माधव नेपालको नयाँ पार्टीलाई समेत सरकार सहभागी बनाएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने आशय व्यक्त गर्दै आएका छन।

गठबन्धनका अन्य दलहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम निश्चित गरिसकेका छन्। र अब नेता नेपालले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिनबित्तिकै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने पक्का भएको छ। 



माधव नेपाल समूहका नेताहरू चन्द्रागिरी रिसोर्टमा: ३१ वटा काेठा बुकिङ, कसले व्यहाेर्दै छ खर्च ?

माधव नेपालले लामाे सास तान्दै भने– 'बल्ल ओलीबाट छुट्कारा पाइयाे'

हामी सरकारमा जान्छौँ : माधव नेपाल 

माधव नेपालकाे पार्टी कार्यालय 'भवन' खाेज्दै प्रेम आले

मन्त्री नपाए माधव नेपालको साथ छाड्ने चौधरी र आलेको चेतावनी

प्रकाशित मिति: : 2021-08-27 12:55:00

प्रतिकृया दिनुहोस्