बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले ओली प्रवृत्तिविरुद्ध नयाँ पार्टी खोल्नुबाहेक अरू विकल्प नभएपछि बाध्य भएर छुट्टिएको बताएका छन्।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले ओलीले पार्टीलाई निजी कम्पनी बनाउन खोजेपछि विद्रोह गरेर नयाँ पार्टी खोलेको बताएका हुन्।
"ओलीले एमालेलाई निजी कम्पनी बनाउन खोजेर राम्रा नेतालाई पार्टीबाट निकालेपछि हामीसँग विद्रोह गर्नुको विकल्प रहेन। त्यसैले पार्टी खोलेका हौं", नेता नेपालले भने।
इतिहासमा नयाँ शिराबाट अगाडि बढ्ने नै विजय भएकोले आफूहरु पनि सफल हुनेमा उनले विश्वास गरे। साथै उनले हिम्मत नभएका नेताहरू नै ओलीसँग लतारिएको पनि बताए।
"हामीले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरे पनि केही नेताहरु ओलीसँगै लतारिएका छन्, तर म भने ओलीप्रवृत्तिबाट छुटकारा पाएकाेमा खुशी छु", नेपालले भने, "क्रान्ति गर्नु भनेको नयाँ आन्दोलन गरेर नयाँ पार्टी निर्माणमा उभिनु पनि हो।"
उनले यसरी टिप्पणी गरिरहदा सम्मेलनमै पत्रकार र अन्य नेताहरूकाे अनुहारमा नयाँ तरङ्गसहितकाे भाव झल्किरहेकाे थियाे। उनले नयाँ पार्टी खोलेर आफूसहित अन्य नेताहरूले पनि ओलीबाट छुटकारा पाएकाेमा खुशी व्यक्त गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया