बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले ओली प्रवृत्तिविरुद्ध नयाँ पार्टी खोल्नुबाहेक अरू विकल्प नभएपछि बाध्य भएर छुट्टिएको बताएका छन्।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले ओलीले पार्टीलाई निजी कम्पनी बनाउन खोजेपछि विद्रोह गरेर नयाँ पार्टी खोलेको बताएका हुन्।
"ओलीले एमालेलाई निजी कम्पनी बनाउन खोजेर राम्रा नेतालाई पार्टीबाट निकालेपछि हामीसँग विद्रोह गर्नुको विकल्प रहेन। त्यसैले पार्टी खोलेका हौं", नेता नेपालले भने।
इतिहासमा नयाँ शिराबाट अगाडि बढ्ने नै विजय भएकोले आफूहरु पनि सफल हुनेमा उनले विश्वास गरे। साथै उनले हिम्मत नभएका नेताहरू नै ओलीसँग लतारिएको पनि बताए।
"हामीले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरे पनि केही नेताहरु ओलीसँगै लतारिएका छन्, तर म भने ओलीप्रवृत्तिबाट छुटकारा पाएकाेमा खुशी छु", नेपालले भने, "क्रान्ति गर्नु भनेको नयाँ आन्दोलन गरेर नयाँ पार्टी निर्माणमा उभिनु पनि हो।"
उनले यसरी टिप्पणी गरिरहदा सम्मेलनमै पत्रकार र अन्य नेताहरूकाे अनुहारमा नयाँ तरङ्गसहितकाे भाव झल्किरहेकाे थियाे। उनले नयाँ पार्टी खोलेर आफूसहित अन्य नेताहरूले पनि ओलीबाट छुटकारा पाएकाेमा खुशी व्यक्त गरेका छन्।
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया