बिएल संवाददाता
नेकपा (एमाले)बाट विभाजित भई माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत एकीकृत)ले नयाँ बानेश्वर आसपासमा केन्द्रीय कार्यालय सञ्चालन गर्ने भएको छ।
निर्वाचन आयोगलाई बुझाएको विवरणमा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहने भनिए पनि अझै समूहले भवन फेला पारिसकेको छैन। यद्यपि, खोजी कार्य भने तीव्ररुपमा जारी राखेको छ।
नेकपा एमालेबाट विद्रोह गरेको पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) आसपासमा केन्द्रीय कार्यालय स्थापना गरी एक घरधनीसँग कुराकानी भईरहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
‘संसद भवनको आसपासमा एउटा ४–५ रोपनी क्षेत्रफलको घर फेला परेको छ, त्यहीँ घरमा पार्टी कार्यालय स्थापना गर्ने भनेर छलफल चलिरहेको छ तर अझै कुरो भने टुंगिएको छैन’, नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘त्यही घरलाई हेरेर केन्द्रीय कार्यालय बानेश्वर उल्लेख गरेर आयोगलाई बुझाएका हौं।’
नेकपा एमालेबाट विभाजित भएपछि पूरानाे पार्टीको सम्पत्तिमा स्वामित्व नहुने देखिएपछि नेपाल समूहले अलग्गै पार्टी कार्यालय स्थापना गर्नका लागि भवन खोजिरहेको छ। भवन खाेज्ने मख्य जिम्मा सांसद प्रेम आलेलाई दिएको नेपालनिकट एक नेताले जनाए।
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया