बिएल संवाददाता
नेकपा (एमाले)बाट विभाजित भई माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत एकीकृत)ले नयाँ बानेश्वर आसपासमा केन्द्रीय कार्यालय सञ्चालन गर्ने भएको छ।
निर्वाचन आयोगलाई बुझाएको विवरणमा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहने भनिए पनि अझै समूहले भवन फेला पारिसकेको छैन। यद्यपि, खोजी कार्य भने तीव्ररुपमा जारी राखेको छ।
नेकपा एमालेबाट विद्रोह गरेको पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) आसपासमा केन्द्रीय कार्यालय स्थापना गरी एक घरधनीसँग कुराकानी भईरहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
‘संसद भवनको आसपासमा एउटा ४–५ रोपनी क्षेत्रफलको घर फेला परेको छ, त्यहीँ घरमा पार्टी कार्यालय स्थापना गर्ने भनेर छलफल चलिरहेको छ तर अझै कुरो भने टुंगिएको छैन’, नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘त्यही घरलाई हेरेर केन्द्रीय कार्यालय बानेश्वर उल्लेख गरेर आयोगलाई बुझाएका हौं।’
नेकपा एमालेबाट विभाजित भएपछि पूरानाे पार्टीको सम्पत्तिमा स्वामित्व नहुने देखिएपछि नेपाल समूहले अलग्गै पार्टी कार्यालय स्थापना गर्नका लागि भवन खोजिरहेको छ। भवन खाेज्ने मख्य जिम्मा सांसद प्रेम आलेलाई दिएको नेपालनिकट एक नेताले जनाए।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया