बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।
नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्।
उनले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने समेत बताएका छन्।
उनले भने, 'हामी सरकारमा जान्छौँ। पाँच दल भन्न हिजो गाह्रो थियो। पाँच दलीय गठबन्धन अझै अघि बढ्छ। हामी सरकारमा जान्छौँ। कम्युनिष्ट पार्टी छोड्दैनौँ।' केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाइ थियो।
नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे।
पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिए। उनले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप पनि लगाए।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया