बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।
नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्।
उनले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने समेत बताएका छन्।
उनले भने, 'हामी सरकारमा जान्छौँ। पाँच दल भन्न हिजो गाह्रो थियो। पाँच दलीय गठबन्धन अझै अघि बढ्छ। हामी सरकारमा जान्छौँ। कम्युनिष्ट पार्टी छोड्दैनौँ।' केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाइ थियो।
नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे।
पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिए। उनले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप पनि लगाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया