बिहिबार, १८ सेप्टेम्बर २०२५

माधव नेपाल समूहका नेताहरू चन्द्रागिरी रिसोर्टमा: ३१ वटा काेठा बुकिङ, कसले व्यहाेर्दै छ खर्च ?

Breaknlinks
• • •

नेकपा (एमाले)बाट छुटिएर माधव नेपालले गठन गरेकाे नेकपा (एकीकृत समाजवादी)का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको दुई दिनअघि चन्द्रागिरी रिसोर्ट पुगेका छन्।

आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ। बुधबारसम्म त्यहीँ बस्नेगरी रिसोर्ट पुगेकाे माधव समूहका एक नेताले जानकारी दिए। उनले ५२ जनाका लागि ३१ वटा काेठा बुकिङ गरिएको पनि बताए। ५२ जनामध्ये २८ जना भने सांसद रहेका छन्।

रिसाेर्टकाे खर्च माधव समूहका एक नेताले व्यहाेर्ने बताइए पनि उनकाे नाम भने सार्वजनिक गरिएकाे छैन।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ताकाे तयारी भइरहेका बेला नेताहरू अर्काे पक्षमा नजाउन् भन्नेले नेताहरूलाई छुट्टै स्थानमा लगिएकाे हाे। निर्वाचन आयोगले एमालेको नवौं महाधिवेशनको दुई सय तीन केन्द्रीय सदस्यबाट दल दर्ताको सनाखत गर्ने जनाएको छ।



एमालेमै फर्कने ‘तेस्रो धार’को निर्णयले माधव नेपाल समूह थप संकटमा, छलफलका लागि लागे चन्द्रागिरि रिसोर्टतिर 

लामो समयदेखि नेपाललाई साथ दिँदैआएका ‘तेस्रो धार’ का नेताहरु एमालेमै फर्किने निर्णय गरेपछि नेपालमाथि अस्तित्वको संकट देखिएको हो। नेपालबाहेकलाई समेट्ने ओली रणनीति सफल भएपछि नेपाल समूह आपतमा परेको ओली पक्षको दाबी छ।

उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि नेपाललाई दिँदैआएको साथ छाडेका छन्। स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, स्थायी कमिटीका पदेन सदस्य अमृत बोहोराले पनि एमाले नै रोजेपछि नेपाल झन् कमजोर भएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!