बिएल संवाददाता
नेकपा (एमाले)बाट छुटिएर माधव नेपालले गठन गरेकाे नेकपा (एकीकृत समाजवादी)का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको दुई दिनअघि चन्द्रागिरी रिसोर्ट पुगेका छन्।
आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ। बुधबारसम्म त्यहीँ बस्नेगरी रिसोर्ट पुगेकाे माधव समूहका एक नेताले जानकारी दिए। उनले ५२ जनाका लागि ३१ वटा काेठा बुकिङ गरिएको पनि बताए। ५२ जनामध्ये २८ जना भने सांसद रहेका छन्।
रिसाेर्टकाे खर्च माधव समूहका एक नेताले व्यहाेर्ने बताइए पनि उनकाे नाम भने सार्वजनिक गरिएकाे छैन।
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ताकाे तयारी भइरहेका बेला नेताहरू अर्काे पक्षमा नजाउन् भन्नेले नेताहरूलाई छुट्टै स्थानमा लगिएकाे हाे। निर्वाचन आयोगले एमालेको नवौं महाधिवेशनको दुई सय तीन केन्द्रीय सदस्यबाट दल दर्ताको सनाखत गर्ने जनाएको छ।
लामो समयदेखि नेपाललाई साथ दिँदैआएका ‘तेस्रो धार’ का नेताहरु एमालेमै फर्किने निर्णय गरेपछि नेपालमाथि अस्तित्वको संकट देखिएको हो। नेपालबाहेकलाई समेट्ने ओली रणनीति सफल भएपछि नेपाल समूह आपतमा परेको ओली पक्षको दाबी छ।
उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि नेपाललाई दिँदैआएको साथ छाडेका छन्। स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, स्थायी कमिटीका पदेन सदस्य अमृत बोहोराले पनि एमाले नै रोजेपछि नेपाल झन् कमजोर भएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया