राजनीतिक पार्टी : कुन चल्छन्, कुन चल्दैनन् ?

एमाले अन्ततः फेरि विभाजित भयो। ०५४ साल ०७८ सालमा दोहोरिएको छ। यद्यपि, एमाले अध्यक्ष खड्गप्रसाद ओली र उनका बफादार सिपाहीहरू भनिरहेछन्, ‘एमाले विभाजन भएको होइन, चोइटिएको हो।’ केहीले भनिरहेछन्, ‘माओवादी अध्यक्ष प्रचण्डले एमाले फुटाउने नेतृत्व गरे। विपक्षले गर्न खोजेको विभाजनै हो।’ पार्टी विभाजन हुँदा के असर पर्ला त भन्नेबारे पनि एमालेभित्र एक प्रकारको बनि–बनाउ उत्तर छ– ‘फुटेर गएको कुनै पनि पार्टीले केही गर्न सक्तैन।

०५४ सालमा एमालेबाट कति ऊर्जावान् साथी गएका थिए, तर चार वर्षमै फर्किनुपर्‍यो। त्यो वेला एमाले फुटाउँदा एजेन्डा थियो। अहिले माधवजीसँग एजेन्डा छैन।’ लगभग साढे तीन वर्ष समय सत्तारूढ नेकपा (नेकपा) अदालतद्वारा अलग अस्तित्वसहितको फैसलापछि स्वतः विभाजन भएको ६ महिनापछि एमाले विभाजित भयो। नेकपाको पहिलो विभाजनको प्रमुख कारण ५ पुसको तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको आफ्नै पार्टीको लगभग दुईतिहाइ बहुमतको संसद् विघटनलाई मानिएको थियो। स्वयं एमालेको विभाजनमा पनि दोस्रोपटकको विघटन कारक बन्यो। 

प्रकाशित मिति: : 2021-08-25 17:22:00

प्रतिकृया दिनुहोस्