नेकपा एमालेको स्थायी कमिटीको बैठकमा २८ जना नेताहरु सहभागी भएका छन्।
बेग्लै पार्टी गठन गरेका माधव नेपाल र स्थायी कमिटी सदस्य द्वय मुकुन्द न्यौपाने र वेदुराम भुषालबाहेक अन्य सबै नेताहरु बैठकमा उपस्थित भएका हुन्।
यसअघि एमाले बैठकमा सहभागी हुँदैआएका उपाध्यक्ष वामदेव गौतम चाहिँ मंगलबारकाे बैठकमा सहभागी भएनन् । गौतमले माधव नेपालसँग 'बार्गेनिड' गरिरहेको बुझिएको छ।
करिब नौ महिनापछि एमालेको बैठकमा स्थायी कमिटीका अधिकांश नेताहरु सहभागी भएका हुन्। बैठकमा पूर्व माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापासमेत उपस्थित छन्।
आमन्त्रित स्थायी कमिटी सदस्यहरु केशब बडाल, अमृत बोहरा र पुष्प कँडेल पनि सहभागी छन्।