सुस्ताएको हास्यव्यंग्य साहित्य

व्यंग्यकार भन्छन्- अरुलाई सत्तोसराप गर्दैमा व्यंग्य हुँदैन

अनलाइनखबर

निर्भीकजंग रायमाझी

व्यंग्यकार चट्याङमास्टर (कृष्णमुरारी गौतम) भन्छन्, ‘मानिसहरू अहिले संवेदनहीन छन्। यसैले हास्यव्यंग्य साहित्यमा उनीहरू रमाउन सकेका छैनन्।’

उनको तर्क छ, सत्र हजार मान्छे मरेको भयंकर खबर पनि नेपाली समाजलाई सामान्य लाग्न थालेको छ। यस्तो अवस्थामा व्यंग्य साहित्यले मानिसहरूको हृदय छुन सकेको छैन। अखबारी व्यंग्य लेखनका चोटिला स्रष्टा हुन् चट्याङमास्टर। चार दशकदेखि हास्यव्यंग्य साहित्य लेखिरहेका उनी अहिले भने व्यंग्य लेखनमा उति सक्रिय छैनन्।

‘अरुलाई गाली गरेर वा सरापेर व्यंग्य हुने हैन,’ उनी भन्छन्, ‘त्यो व्यंग्यमा फिट हुने गरी हास्य मिसाएर कलापूर्ण र सार्वकालिक बनाए मात्र उत्कृष्ट हास्यव्यंग्य रचना बन्छ।’

सारमा भन्नुपर्दा वर्तमान समाजले हास्य साहित्यको खुराक रुचिपूर्वक ग्रहण गरिरहेको छैन। तर हास्यव्यंग्य साहित्य विधा नलेखिएका हुन् वा नपढिएका हुन् भन्ने कुरामा विरोधाभास छ।

प्रकाशित मिति: : 2021-08-23 20:15:00

प्रतिकृया दिनुहोस्