एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार, माधव नेपाललाई दोस्रो अध्यक्ष दिन र कारवाही फिर्ता गर्न अस्वीकार

Breaknlinks
Breaknlinks

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी खोल्न निवेदन दिएका माधवकुमार नेपाललाई अर्को अध्यक्ष दिएर एमाले फर्काउन इन्कार गरेका छन्। एमाले विवादमा नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरुसँगको आफ्नो निवास, बालकोट गरेको छलफलमा अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गरेर अघि बढ्न भने आफू तयार रहेको बताएका छन्।

नेपालको पार्टी विभाजनसँग असहमत हुने तर त्यसअघि एमालेको झगडामा नेपाललाई साथ दिँदै आएका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघु पन्त लगायत नेताहरु १० बुँदे कार्यान्वयनबारे छलफल गर्न सोमबार बिहानै बालकोट पुगेका थिए। उनीहरुलाई ओलीले बिनापूर्वाग्रह पार्टीमा भूमिका दिने र १० बुँदे कार्यान्वयन गरेर अघि बढ्ने बताएको स्रोतको दाबी छ।

एमाले उच्च स्रोतका अनुसार, छलफलमा उपमहासचिव घनश्याम भुसालले नेकपा (एकीकृत समाजवादी) गठनका लागि निवेदन दिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने र १४ जना सांसद्माथिको कारवाही फिर्ता गर्न गरेको प्रस्ताव भने ओलीले तत्काल अस्वीकार गरेको स्रोतको दाबी छ।

एमाले एकताबद्ध बनाएर अघि बढ्न तयार रहेको बालकोट बैठकमा महासचिव ईश्वर पोखरेलबाहेक ओली पक्षका अरु नेताहरु भने सहभागी थिएनन्। एमाले एकताका लागि ओली पक्षबाट सबैभन्दा लागिपरेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि उक्त बैठकमा सहभागी छैनन्।

नेपालनिकट नेताहरु १० बुँदे सहमतिको अक्षरशः पालना र पार्टी गठनका लागि निवेदन दिएका १४ जना सांसद्माथिको कारवाही फिर्ताको प्रस्ताव लिएर नेपाल पक्षका नेताहरु बालकोट पुगेका थिए।

‘कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावलाई कार्यान्वयन नगर्ने भन्ने प्रश्नै छैन। त्यो पार्टीले अनुमोदन गरिसकेको छ। अध्यक्ष त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न तयार हुनुहुन्छ’, नेम्वाङले भने।

नेम्वाङले कारवाही फिर्ता र पूर्व प्रधानमन्त्री नेपाललाई अर्को अध्यक्ष बनाएर पार्टीलाई एकताबद्ध बनाउने कुरा भने आफूलाई जानकारी नभएको विषय भएको बताए।

बालकोट गएका चार जना नेताहरुमध्ये पनि उपमहासचिव भुसाल नेपाल पक्षलाई पनि एकताबद्ध गर्ने पक्षमा बढी जोड दिँदै आएका छन् भने उपाध्यक्ष भीम रावलको जोड १० बुँदे कार्यान्वयमा रहेको छ।

नेपाल पक्ष नयाँ पार्टी गठन गरी सरकारमा जान तयार भइसकेकाले अब नेपालसहितको एकताको संभावना लगभग अन्त्य भइसकेको छ। १० बुँदे कार्यान्वयन गरेर अघि बढ्ने प्रस्तावलाई ओलीले स्वीकार गरिसकेकाले दोस्रो तहका नेताहरु भने एकताबद्ध भएर अघि बढ्ने गरी ओलीले वातावरण तयार गर्ने पनि एमाले स्रोतको दाबी छ।

यस्तो छ कार्यदलले तयार पारेको  समस्या समाधानसम्बन्धी १० बुँदे प्रस्ताव :

प्रकाशित मिति: : 2021-08-23 15:40:00

प्रतिकृया दिनुहोस्