फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएपछि कही हप्तादेखि काठमाडौं उपत्यकाका विभिन्नि क्षेत्रको फोहोर उठ्न सकेको छैन्। जसका कारण उपत्यकाका विभिन्न सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन्।
वर्षात्का कारण फोहोर व्यवस्थापनमा कठिनाई भएको बताउँदै आएको महानगरले समस्या समाधानको लागि प्रयास गरिरहेको बताएको छ।
महानगरका फोहोरमैला व्यवस्थापान संयोजक हरिकुमार श्रेष्ठले आइतबार शहरी विकास मन्त्रालय, सडक विभाग र काठमाडौं महानगरपालिकाको टोली सिसडाेल क्षेत्रको अवस्थाबारे बुझ्न पुगेकाे बताएका छन्।
‘फोहोर व्यवस्थापन गर्दै आएको सिसडाेलदेखि बञ्चरेडाँडासम्मको सडक बिग्रेपछि फोहोरका गाडी पठाउँन सकिएको थिएन्, त्यहाँको अवस्थाबारे अध्ययन गर्न हामी आज सिस्डोल पुगेको छौं’, श्रेष्ठले भने, ‘यहाँको अवस्था हेरर छिट्टै व्यवस्थापनको काम गर्छौ।’
वर्षात्का कारण सडककाे विभिन्न ठाउँमा गएकाे पहिराे खोल्ने काम अहिले जारी रहे पनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने सक्ने महानगरपालिकाले जनाएकाे छ।
एकै दिनमा ठूलो मात्रमा फोहोर निस्कने काठमाडौं उपत्यकमा एक दिन पनि फोहोर नउठ्दा निक्कै असर पुग्ने गर्छ। हाल काठमाडौं उपत्यकाले फोहोर व्यवस्थापन गर्दै आएको एक मात्र स्थान सिसडोल अवरुद्ध हुनसाथ उपत्यकामा फोहोर थुपर्ने गर्छ।