वामदेव गौतमले फेरि भने– म माधव नेपालसँग गएको छैन, एमालेमै छु

फाइल तस्वीर
फाइल तस्वीर

एमाले उपाध्यक्ष वामदेव गौतमले आफू माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीमा नगएको र अहिले पनि  एमालेमै रहेको बताएका छन्।

केही दिनदेखि नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भनी चलाएको हल्लाले गौतमको चरित्र हत्या गर्ने काम गरेको उनको निजी सचिवालयले जनाएको छ।

गौतमका स्वकीय सचिव दीवक टमटाले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन। क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो।'

गौतमको विज्ञप्ति
आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही हाेईन। क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो। साथै क. माधव नेपालप्रति एमाले नेतृत्वपंक्तिबाट भएको व्यबहारको आलोचना गरिरहेको यथार्थ नै हो। यद्यपि अहिले गरिएका सबै खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।
६ भदौ,२०७८
स्वकीय सचिवालय 
वामदेव गौतम

प्रकाशित मिति: : 2021-08-22 13:18:00

प्रतिकृया दिनुहोस्

    बामदेब कमरेडले एक चोटि भोगिसक्नु भएको छ कि फुटको परिणाम के हुन्छ भनेर । त्यसैले पनि कमरेड अबस्य फुट तिर जानू हुन्न । यदि कुर्सी कै लागि जानू भयो भने माकुने भन्दा पनि पत्तुर हुनेछ।

    • 3 बर्ष अगाडि
    • रमेश थापा