‘उग्र नारीवादीहरूको त बिहे नै नहोस्!’

नेपाल खबर

हिरादेवी वाइबा

 

एकदिन फेसबुकको न्युजफिड स्क्रोल गर्दै थिएँ, मेसेन्जरमा एउटा मेसेज खस्यो– टिङ। 

चिनजान भएको धेरै नभए पनि उनको विचार र बुझाइबाट म प्रभावित छु। उनैबाट आएको मेसेज रहेछ; कौतुहलसहित हेरेँ। स्क्रिन सट रहेछ। आँखा टक्क रोकेर पढेँ। त्यो प्रतिक्रिया लेख्नेप्रति थोरै सहानुभूति पनि पलायो। 

सोचेँ– एउटी महिलाले आफ्नो अस्तित्वप्रति फराकिलो बुझाइ राखेर बाँचेको जीवनले मात्रै पनि पितृसत्तात्मक समाजको उत्पादनलाई यसरी पोल्दो रहेछ भने अबको चेतनशील र बदलिँदो पुस्ताले यिनीहरूलाई कति ‘थ्रेट’ महसुस हुँदो हो! 

यति सोच्दै गर्दा नारीवादी लेखक सिमोन दि बउवरको एउटा पंक्ति याद आयो– ‘महिला मुक्तिको विचारप्रति अधिकतर पुरुषको प्रवृत्ति विरोधी, आक्रामक र शत्रुतापूर्ण छ। पहिलोपटक वैसान्नमा नारीवादी सभा हुँदा केही वामपन्थीले आफ्नो कोठामा चिच्याउँदै भनेका थिए– सत्ता लिंगमा राखिएको छ।’

 

प्रकाशित मिति: : 2021-08-22 09:37:00

प्रतिकृया दिनुहोस्