ओलीलाई दुई दिनकाे अल्टिमेटम: '१० बुँदे सहमति कार्यान्वयन नभए विद्राेह हुनेछ'

Breaknlinks
Breaknlinks

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा नगएका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्।

शुक्रबार बसुन्धरामा भएको केन्द्रीय सदस्य र सांसदहरुको छलफलले अध्यक्ष ओलीलाई जसरी भए पनि सहमति कार्यान्वयन गर्न दुई दिनको अल्टिमेटम दिएको हो।

साथै छलफलले एकताको सहमति कार्यान्वयन नभएमा विद्रोह हुनेसमेत चेतावनी दिएको छ। पार्टी जोगाएर एकता कायम गर्न नेता नेपाल र अध्यक्ष ओली दुवै लचिलो बन्नुपर्ने छलफलको निष्कर्ष छ।

सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशको पुर्ण रुपमा विरोध गर्ने पनि छलफलले जनाएको छ।

छलफलमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसदहरु उपस्थित भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए। बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, 'ओली र नेपालबीच यस्तो इगो कायम भइरह्यो भने पार्टी एकदिन आफै ध्वस्त हुनेछ।'

प्रकाशित मिति: : 2021-08-20 20:50:00

प्रतिकृया दिनुहोस्