बिएल संवाददाता
भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले मगर बेलायतको सुपरिचित फुटबल क्लब टोटेनह्याममा अनुबन्धित भएसँगै चर्चामा छिन्। उनी गत अगस्टको पहिलो हप्ता दुई वर्षको लागि टोटेनह्याममा अनुबन्धित भएकी हुन्। यसअघि 'एस्टोन भिल्ला'मा आबद्ध रहेकी अस्तिमताले सन् २०२३ सम्म टोटेनह्यामबाट खेल्ने छिन्।
वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया अस्मिता उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन्। उनले १९ वर्षमुनि समूहकाे ‘युरोपियन च्याम्पियन फाइनलस्’का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन्।
अस्मितालाई क्लबले अनुबन्धित गराउन पाउनु खुशीकाे कुरा रहेकाे टोटेनह्यामले बताएकाे छ। उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी पाउने भएकी छिन्। छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल उनी भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसा गर्दै आएकाे छ।
टोटेनह्याममा अनुबन्ध भएपछि अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताएकी छिन्।
क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको र उनीसँग धेरै क्षमता रहेको कुरा यसअघिका खेल योगदानले देखाइसकेको बताएका थिए।
इंग्ल्यान्डको एस्टन भिल्लाको महिला फुटबल वुमन्स सुपर लिगमा नेपाली मुलकी अस्मिता उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। उनलाई उनका साथीहरू र समर्थकहरुको मतदानबाट एस्टोन भिल्ला २०२०/२०२१ सीजनको खेलाडीका रूपमा मतदान गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेकी १९ बर्षिया आलेमगर एस्टन भिल्ला क्लबको ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी थिइन। अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुवाती टिममा आफ्नो स्थान बनाइन्।
१६ वर्षकाे उमेरका जुनियर टिमबाट डेब्यू गरेकी उनले २०१८ मा एस्टनको सिनियर टिमबाट खेल्ने अवसर पाएकी थिइन् । उनले वेलायतबाट २०१९ मा यू–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छिन्।
अस्मिता तनहुँका क्विनस गोर्खा सिग्नलका सैनिक अमृत आले र बसन्ती आलेकी छाेरी हुन्। उनीहरू हाल बेलायतमा बस्दै आएका छन्। अस्मिताका बुबा अमृत स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्।
टोटेनह्याम हटस्पर महिला क्लबमा अनुबन्धित भएपछि अस्मिताको पहिलो भिडियो अन्तर्वार्ता हट्स्पर टिभिले सार्वाजानिक गरेकाे छ।
हट्स्पर टिभिले सार्वाजानिक गरेकाे अन्तर्वाताको सम्पादीत अंश प्रस्तुत छ:
अस्मितालाई 'टोटेनह्याम स्पर'मा स्वागत छ। टोटेनह्यामको खेलाडी हुँदा कस्तो अनुभूति भएको छ?
एकदमै आश्चर्यजनक लागिरहेको छ। खेल सुरु गर्न आत्तुर छु। सबै खेलाडीहरु रमाइला छन्।
क्लबमा आउनुकाे कारण चाहिँ के थियाे, के कुराले अनुबन्धित हुन आकर्षित गर्यो ?
मलाई लाग्छ कि उनीहरुसँग साँच्चै उच्च महत्वाकांक्षा छ। मेराे लागि 'रेहान' वास्तवमै राम्रो कोच हो। पहिले इंगल्याण्डमा उहाँकाे मातहातमा रही काम गरेकी थिएँ। उनीमा टोलीले के हासिल गर्ने भन्ने दृढ इच्छा शक्ति छ। पछिल्लो सिजनको खेल हेरेर टोलीले सफलता हासिल गर्नेछ भन्ने मलाई विश्वास छ। उनीहरुको खेलशैली मनपर्छ र एक–हिस्सा बन्न चाहान्छु र सिक्न चाहन्छु।
तिमीले पहिले कुरा पनि उल्लेख गर्याैँ। मुख्य कोच रेहानसँग दुई शिविरमा पहिले नै काम गरिसकेकी तिमीलाई उनीसँग फेरि काम गर्न कतिको रमाईलो लाग्दैछ?
हो, पक्कै मैले उनीसँग धेरै समय काम गरेकी छैन। तर अहिलेसम्म धेरै राम्रो छ। उनी साँच्चै राम्रो व्यक्ति हुन् र मलाई लाग्छ कि उनी मेरो खेलको शैली जान्दछन् र यसैले मलाई यहाँसम्म आउन निम्तो दिए। त्यसैले, म खेल सुरु गर्न निकै आत्तुर छु।
टोटेनह्याम हटस्परकाे मैदान उत्तरी लण्डनस्थित डर्विमा डेब्यु गरेकी थियाैँ? डेब्यु त्यति खराब थिएन हैन र? यो स्टेडियममा टेक्दा कस्तो अनुभूति भयो ?
हो, एकदम रमाइलो भयो। मैदान राम्रो थियो र स्टेडियम सुन्दर। फेर्ने (चेञ्जिङ) कोठा गज्जबको थियो, विशेषगरी डर्विमा। खेलाडीहरुमा उत्साह थियो। पहिलोपटक पोशाक लगाउँदा आनन्द भयो। मैदानमा दाैड्न मजा भयो।
यस सिजनबाट व्यक्तिगत स्तरमा के हासिल गर्ने आशा छ। र, त्यसपछि समूहमा एक टिमको रूपमा नि ?
मेरो विचारमा एक टिमको रूपमा कम्तिमा शीर्ष पाँचमा प्राप्त गर्न चाहन्छु। मलाई लाग्छ कि हामी त्यसमा सक्षम छौं। र प्रशिक्षणमा मैले सबै खेलाडीहरुको प्रतिभा देख्न सक्छु र उनीहरुसँग र व्यक्तिगत रुपमा खेल्न प्रतिक्षारत छु। मलाई लाग्छ कि सकेसम्म मैले धेरै खेल्ने समय प्राप्त गर्न चाहन्छु र राम्रो प्रशिक्षणको लागि कडा मेहनत गर्न चाहन्छु। म टीमलाई केही मद्दत गर्न चाहन्छु र केवल बललाई नेटको बाहिर राख्ने आशा छ।
तिमीले पछिल्लो सिजन एस्टन भिल्लाको लागि राम्राे प्रदर्शन गरेकी थियौँ। 'प्लेयर अफ द सीजन' अवार्डद्वारा पुरस्कृत पनि भयौँ। यो विश्वास गर्न धेरै गाह्रो छ कि तिमि भर्खर १९ वर्षकी छौँ र यति धेरै अनुभवी पनि। के अबको लक्ष्य वुमन सुपर लिग (डब्लुएसएल) मा अर्को स्तरमा पुग्ने हो ?
मलाई लाग्छ पक्कै त्यो योजना हो। त्याे स्पर्सले मलाई त्यहाँ पुर्याउन सक्छ। मलाई लाग्छ कि यो मेरो लागि एक राम्रो कदम हो र कोचले पनि मलाई विश्वास गर्छन्। म कडा मेहनत गर्न सक्छु र मेरो वरिपरि खेलाडीहरुसँग सक्दो राम्रो प्रदर्शन गर्नको लागि सुधार गर्न सक्छु। मलाई विश्वास छ साँच्चै नै मलाई अनुभवी खेलाडीहरूबाट सिक्न मद्दत गर्नेछ।
अन्तमा हाम्रा प्रशंसकहरु फिर्ता आउनेछन् र तिमी क्लबमा सामेल भएकोमा उनीहरु बिल्कुल खुसी हुनेछन्। घरबाट हेर्ने दर्शकका लागि तिम्रो सन्देश के छ ?
म उनिहरु सबैलाई भेट्न साँच्चै खुसी हुनेछु। मलाई आशा छ कि सबै प्रशंसकहरु मेरो सम्पूर्ण टिमको फुटबल खेलमा आनन्द लिनेछ। म तिनीहरु सबैलाई राम्रो समय दिन चाहन्छु। आशा छ तपाईंहरु सबैले हामीलाई राम्रो साथ र समर्थन दिनुहुनेछ।
भिडियाे अन्तर्वार्ता हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस्:
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया