इंग्ल्याण्डको एस्टन भिल्लाको महिला फुटबल ‘वुमन्स सुपर लिग’मा नेपाली मुलकी अस्मिता आले मगर उत्कृष्ट खेलाडी घोषित भएकी छन्।
१९ बर्षिया अस्मिता ‘एस्टन भिल्ला क्लब’को ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी हुन्। अस्मिताले यस सिजनमा १९ मध्ये १७ खेलमा सुरुवाती टिममा आफ्नो स्थान बनाउन सफल भएकी थिइन्।
अस्मितालाई उनका साथीहरू र समर्थकहरुको मतदानबाट एस्टन भिल्ला २०२०–२०२१ सिजनको खेलाडीका रूपमा मतदान गरेका थिए।
१६ वर्षको उमेरमा ‘जुनियर टिम’बाट ‘डेब्यू’ गरेकी अस्मिताले सन् २०१८ मा एस्टनको सिनियर टिममा ‘डेब्यु’ गरेकी थिइन्। उनले बेलायतवबाट सन् २०१९ मा यु–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छन्।
भिल्लाकी प्रशिक्षक गेम्मा डेभिसका अनुसार अस्मिता निकै क्षमतावान खेलाडी हुन्। उनले आफ्नो क्षमता खेल मैदानमा देखाइसकेकी छन्।
स्थानीय घर तनहुँ भएकी अस्मिता हाल बेलायतमा बसोवास गर्दै आएकी छन्। उनी क्विनस् गोरखा सिग्नलका सैनिक अमृत आले र बसन्ती आलेकी छोरी हुन्। उनका पिता स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्।