कति समय मुख्यमन्त्री बन्लिन् अष्टलक्ष्मी शाक्य?

सेतोपाटी

काठमाडौं

भदौ १ गते सेतोपाटीले कुराकानी गर्न खोज्दा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हेटौंडा जाँदै थिइन्। आफू बाटोमा भएकाले कुरा गर्न नमिल्ने बताइन्।

कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीकी कट्टर आलोचकका रूपमा परिचित शाक्य पछिल्लो समय भने तटस्थ बन्दै गएकी थिइन्।

उनले पार्टी एकताको विकल्प नरहेको र एमालेभित्रै गएर लड्नेसमेत बताउने गरेकी थिइन्। उनले माधव नेपालबिना पार्टी एकता नहुनेसमेत स्पष्ट पार्दै आएकी थिइन्।

संयोग यस्तो पर्‍यो, माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छन्।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा एमाले संसदीय दलको नेता बनेर शाक्य मुख्यमन्त्री बनेकी हुन्।

बागमती प्रदेशमा एमालेको एकल बहुमत छ।एकल बहुमत भएकै कारण संसदीय दलको नेता बनेकै दिन शाक्य मुख्यमन्त्री बन्न सफल भएकी हुन्।

शाक्य मुख्यमन्त्री भएसँगै उनको कार्यकाललाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। शाक्य नेपाल समूह छोडेर ओली समूहमा गएकाले नेपाल नेतृत्वको नयाँ पार्टीले मान्यता पाएपछि उनी मुख्यमन्त्री रहन्छिन् की रहँदिनन् भन्ने महत्वपूर्ण कुरा हो।

प्रकाशित मिति: : 2021-08-19 17:21:00

प्रतिकृया दिनुहोस्