बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्।
शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिएकी छिन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो।
शाक्य यसअघि सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छिन्। उनी देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन्।
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकै बस्दै आएको नेवारी परिवारमा भएको थियो। आमा बुबाको आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन्।
प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिएको राजीनामा स्वीकृत गरेका थिए।