महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएका हुन्।
जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्।
ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन्।