विदेशी भूमिमा ७० लाख नेपाली, अफगानिस्तानको जस्तो समस्या पर्दा उद्धार गर्ने संयन्त्र खोइ ?

शिलापत्र

काठमाडाैं

  रमेश भारती

करिब ४५ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । यसमा भारतमा रहेका नेपालीहरूको सङ्ख्या पनि जोड्दा करिब ७० लाख पुग्ने सरकारी अनुमान छ ।

४ दशकयता कामको खोजीमा करिब ६४ लाख नेपाली श्रम स्वीकृति लिएर विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये ८० प्रतिशत खाडीका देश र मलेसियामा रोजगारीका लागि गएका छन् । दुई दशकयता नेपालीहरू एजेन्टमार्फत युद्धग्रस्त देशमा समेत रोजगारीका लागि पुग्ने गरेको विभागको तथ्यांकले देखाउँछ ।

अफगानिस्तान, लिबिया र इराकमा सरकारले श्रम स्वीकृतिमा रोक लगाएको भए पनि अवैध बाटो भएर नेपालीहरू जाने गरेका छन् । अफगानिस्तान, लिबिया र इराकमा करिब ४० हजार नेपाली रहेको सरकारी अनुमान छ ।

विभिन्न माध्यम अपनाएर विदेशिँदा नेपालीहरू ठगिने तथा युद्धग्रस्त देशमा जाँदा समस्यामा पर्ने गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन् । त्यस्ता देशमा पुरेर समस्यामा परेपछि मात्र उनीहरू त्यो देश पुगेको थाहा हुने गरेको दवाडीको भनाइ छ ।

प्रकाशित मिति: : 2021-08-17 10:49:00

प्रतिकृया दिनुहोस्