बिएल संवाददाता
सशस्त्र विद्रोही तालिबानले अफगानिस्तानको सत्ता हत्याएपछि त्यहाँका नागरिकहरू डरले देश छोड्न बाध्य छन्।
देश छाडेर भाग्ने क्रममा राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एउटा विमान आकाशमा पुगेपछि विमानमा झुण्डिएका तीन जना यात्रु तल खसेका छन्।
यी यात्रुहरु विमानभित्र पसेपनि बस्ने स्थान बनाउन सकेनन्। त्यसपछि उनीहरू विमानमा झुण्डिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जब विमान हावामा उड्यो, त्यसपछि ती यात्रु आकाशबाट तल खसेका थिए। तीनै जना भुइँमा खसिरहेको भिडियो समेत अफगानी सञ्चार संस्था– टोलोन्यूजले सार्वजनिक गरेको छ । तालिबानले राजधानी काबुल कब्जा गरेपछि स्थिति झनै आतंकित छ।
नागरिकहरु देश छोड्न विमानस्थलनजिकै पुगिरहेका छन्। तालिबानले युद्धग्रस्त क्षेत्रका सीमा नाकामा कब्जा गरिसकेपछि त्यहाँबाट बाहिर निस्कने कुनै ठाउँ छैन। यस्तो अवस्थामा काबुल विमानस्थल एक मात्र देशछाड्ने प्रस्थान मार्ग बनेको छ।
तालिबानको त्राशले अफगानीहरू आफ्नो मातृभूमि छोडेर सुरक्षित ठाउँ खोज्दै विदेश भाग्न बाध्य छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका अनुसार मानिसहरू विमान चढ्न तछाड्मछाड् गरिरहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया