पीआर, ग्रीनकार्डधारी शासकको बाहुल्य रहेको अफगानिस्तानको नियति नेपालमा नदोहोरियोस्

शिलापत्र

काठमाडाैं

  हेमन्त मल्ल 

 

हिजो मार्निङ वाकबाट घर फर्केर आएपछि मोबाइल स्क्रोल गर्नसाथै अफगानिस्तानसम्बन्धी समाचार सरर्र आयो । अरुबेला पनि मलाई अफगानिस्तानका समाचार देख्नसाथै चासो जागिहाल्छ । त्यो हुनुको पनि कारण छ । अफगानिस्तानलाई मैले त्यहीँ पुगेर भोगेको छु । जागिरको सिलसिलामा अफगानिस्तान बसेर त्याहँको द्वन्द्वलाई नजिकबाट हेर्ने अवसर जुर्‍यो । गृहद्वन्द्वका कारण एउटा राष्ट्र र त्यहाँका सर्वसाधारणले भोगेको दु:खलाई नजिकबाट नियालेकोले अफगानिस्तान मेरा लागि रुचिको विषय बन्दै आएको छ ।

म केही समययता बडो ध्यानपूर्वक अफगानिस्तानको द्वन्द्वको विकासक्रम हेरिरहेको छु । अमेरिकीलगायत पश्चिमा जगतका सैनिकले अकस्मात अफगानिस्तान छोडेपछि मैले त्यहाँको परिस्थितिबारे आजको दिनको आँकलन गरेको थिएँ । पश्चिमा जगत फिर्ता हुनासाथ अमेरिका, बेलायत लगायतका सैन्य प्रशिक्षण प्राप्त ३ लाख सेना भएको अफगानी सरकार दिनादिन खुम्चिँदै गईराखेको देख्दा कतिलाई अचम्म लागेको होला । तर त्यहाँको सुरक्षा संयन्त्र बुझेका कारण मलाई भने अचम्म लागेन र परिस्थिती सप्रिँदैन भन्ने मैले यसअघि नेपाललाइभ अनलाइनमा लेखिसकेको थिएँ । तर यति चाँडो त्यो स्थिति आइहाल्ला जस्तो लागेको थिएन ।

प्रकाशित मिति: : 2021-08-16 10:51:00

प्रतिकृया दिनुहोस्