तालिबानले अफगानिस्तानकाे राजधानी काबुल प्रवेश गरेर राष्ट्रपति भवन कब्जा गरेसँगै नयाँ राष्ट्रपतिबारे चर्चा सुरू भएकाे छ।
नयाँ राष्ट्रपतिकाे लागि यतिबेला मुख्यतया तालिबानका दुई शीर्ष नेता अब्दुल घानी बरादर र हिबातुल्ला अखुन्दजादा नाम अगाडि आएकाे छ।
उनीहरू दुवै जना विद्राेही संगठन तालिबानको संस्थापक नेतासमेत हुन्। बरादर अहिले संगठनको राजनीतिक विभाग प्रमुख छन् भने हिबातुल्ला फाैज प्रमुख हुन्।
काे हुन् हिबातुल्ला अखुन्दजादा ?
सन् १९६१ मा कन्दहर राज्यकाे पन्ज्वाइमा जन्मिएका हिबातुल्ला अहिले ६० वर्ष भइसकेका छन्। तर तालिबानमा उनकाे सक्रियता भने उस्तै छ। अहिले तालिबानकाे प्रमुख जिम्मेवारी सम्हालिरहेका छन्। सन् १९९६ देखि नै उनी तालिबानमा आवद्ध बनेका हुन्। यसअघि तालिबानले सत्ता कब्जा गरेर इस्लामिक इमिरेट अफ अफगानिस्तान स्थापना हुँदा उनले नै नेतृत्व गरेका थिए। उनीसँग सैन्य शासन र तालिमकाे लामाे अनुभव छ। त्यति मात्र नभएर उनीसँग हातहतियारकाे आयात तथा निर्यातकाे पनि लामाे अनुभव छ।
काे हुन् अब्दुल घानी बरादर ?
सन् १९६८ मा अफगानिस्तानकाे वीटमाकमा जन्मिएका अब्दुल अहिले ५३ वर्ष पुगिसकेका छन्। उनले हाल तालिबानकाे राजनीतिक विभाग सम्हालिरहेका छन्। सन् १९९६ देखि २००१ सम्म चलेकाे युद्धमा उनले महत्वपुर्ण जिम्मेवारीसमेत सम्हालेका थिए। उनी तालिबानका संस्थापक प्रमुख माेहम्मद ओमारका सबैभन्दा विश्वासका पात्र पनि हुन्। तालिबानले आजसम्म गरेका विभिन्न सम्झाैता र सहमतिमा उनले नै प्रमुख भूमिका निभाउदै आएका छन्।
राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेकाे छ। राष्ट्रपति अशरफ घानी, उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित दर्जनाैँ सहयाेगीहरू काजिकिस्तान भागेका छन्। तालिबान लडाकु काबुल गेट छिरेसँगै उनकाे समूहले अफगान छाड्ने निर्णय लिएको हाे।
कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरी आफ्नो प्रभुत्व स्थापित गरिसकेको छ। सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई शहर पस्न अनुमति दिएको तालिबानका एक प्रवक्ताले बताएका छन्।
अफगानिस्तानमा अब युद्ध सकिएको समेत तालिबानका ती प्रवक्ताले जनाएका छन्। 'हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,' उनले भने।
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।
तालिबानले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेकाे बीबीसीले जनाएकाे छ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेपछि तालिबान लडाकुहरूले राजधानी कब्जा गरिसकेका छन्।
विद्रोही संगठन तालिबानले काबुलस्थित अफगानिस्तानको राष्ट्रपति भवन कब्जामा लिएकाे छ।
अफगानिस्तानमा सत्ता हस्तान्तरण गर्न कुनै अन्तरिम सरकार गठन नहुने तालिबानी शीर्ष नेताहरू बताएका छन्। उनीहरुले अफगानिस्तान पूर्ण नियन्त्रणमा लिने पटकपटक दाबी गर्दैआएका छन्।
अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबानले अफगान कब्जा गरिसकेको छ।
अफगानिस्तानबारे अनेक रोचक र पीडादायी कथाहरू छन्, जसलाई ‘साम्राज्यहरूको चिहानघारी’ (१९९०) भनेर समेत चिनिन्छ। सन् २००९ मा ‘साम्राज्यहरूको चिहानघारी’ नामक पुस्तक प्रकाशित भएको थियो। उक्त पुस्तक एकजना अध्येता सेठ जोन्सले लेखेका हुन्।
अफगानिस्तानले थ्रुपै युद्धहरू भोगेको छ। अफगानिस्तानमा साम्राज्य गर्न लागिपरेका शासकहरूको पराजय र पतनबारे पुस्तकमा रोचक तथा कहाली लाग्दा दृश्यहरू उल्लेख गरिएको छ।
अफगानिस्तानमा सन् १८९३ र १९१९ मा ब्रिटिश शासनले तीन युद्ध लडेको थियो। पहिलो एङ्ग्लो–अफगान युद्ध, जहाँ ठूलो संख्यामा ब्रिटश सैनिकले प्रदर्शन गरे।
सन् १८४२ मा हिन्दुकुश क्षेत्रको पहाडहरूमा हिउँले ढाकिएको समयमा ब्रिटिश सैनिकले नरसंहार मच्चाएका थिए। कम्तिमा चार हजार पाँच सय सैनिक र १२ हजारभन्दा बढी आममान्छेको मृत्यु भयो। जब कि सन् १८८७ र १८८० ताका दोस्रो एङ्ग्लो–अफगान युद्ध भएको थियो।
सन् १९१९ मा तेस्रो अफगान–एङ्ग्लो युद्धताका मध्ये एसियाली देशहरूले विजय हासिल गरे। अफगानिस्तानमा युद्ध हुँदा, हजारौँ हजार संख्यामा सैनिकले ठूलो संख्यामा आफ्नो ज्यान गुमाएका छन्।
अन्तर्राष्ट्रिय ‘रिपोर्ट’ अनुसार विभिन्न युद्धमा मर्ने सैनिकहरूको लामै सूची रहेको छ। सन् १८३८ देखि २०२१ सम्म मारिएका सैनिकहरू–
२००१–२०२१ः स्वतन्त्रता लागि जारी अमेरिकी अपरेशनमा दुई हजार तीन सय ४८ अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। यस क्रममा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का एक हजार एक सय ४७ सैनिक समेत मारिए।
१९७९–१९८९ः सोभियत अफगान युद्धमा चौँध हजार चार सय ५३ सैनिकको मृत्यु भएको अनुमान गरिन्छ।
१९१९ः तेस्रो अफगान–एङ्ग्लो युद्धमा दुई सय ३६ सैनिक मारिएका छन्।
१८७९–१८८०ः दोस्रो एङ्ग्लो–अफगान युद्धमा नौ हजार आठ सय सैनिकले ज्यान गुमाएका छन्।
१८३९–१८४२ः पहिलो एङ्ग्लो–अफगान युद्धमा चार हजार सात सय सैनिक मारिए।
सोभियत संघको सैनिकले अफगान प्रवेश गर्ने समयमा शीतयुद्धको समय थियो। त्यस बेला आतङ्कवादी सङ्गठनहरूलाई मुजाहिद्दीन भनिन्थ्यो र उनीहरूमाथि ठूलो अमेरिकी सहयोग रह्यो।
चौँध हजार चार सय ५३ सैनिकको मृत्यु र ५३ हजार सात सय ५३ सैनिक घाइते भएपछि सोभियत संघले हार्यो। सन् १९८९ मा सोभियत सैनिकले अफगान छाडेर भाग्न बाध्य भएका थिए।
अफगानिस्तानमा शासन गर्न अत्यन्तै मुस्किल रहेको विज्ञहरूले दाबी गरेका छन्। यहाँ एकपछि अर्को सत्तामोही बादशाहहरूले आ–आफ्नो शासन जमाउने कोशिश नगरेका होइनन्। तर कहिल्यैँ सफल भएनन्। उनीहरू सधैं हारको सामना गर्नुपर्यो।
कतिपय शासकले सुरुमा सफलता प्राप्त गरेपनि अन्ततः हारेपछि देश छाडेर भाग्नु परेको रोचक तर्क समेत छ। ब्रिटिश शासन, सोभियत संघ तथा अमेरिका जस्ता शक्तिशाली मूलुक समेत अफगानमा टिक्न सकेनन्।
इतिहास साक्षी छ । स्थानीय सरकारको समर्थनमा व्यापार गर्न सजिलो छ तर विदेशी शक्तिको आडमा अफगानी जनतालाई शासन गर्ने कुनै पनि राजनीतिज्ञ लामो समयसम्म सत्तामा रहन निकै मुस्किल मानिन्छ। अहिलेको अफगानी सरकारलाई अमेरिकी सहयोग छ। जनता विदेशीशक्ति पटक्कै रुचाउँदैनन्। त्यसका एउटो उल्टो प्रभाव पनि हो, तालिबान देशव्यापी बिस्तार।
अफगानिस्तानलाई जित्न निकै गाह्रो छ। यसका अनेकन कारणहरूसमेत रहेका छन्– यो देश ईरान, मध्य एसिया र भारत–पाकबीच मुख्य भूमि मार्ग हो।
कयौँपल्ट यहाँ आक्रमण हुँदा थ्रुपै जनजातिहरू यहाँका ग्रामीण भेगमा बसोबास गरे। पटक–पटकको आक्रमणले असाध्यै दुःख पाएको घर–गाउँहरू एक किल्लाजस्तै बनाइएको छ।
अफगान भौगोलिक रुपले अप्ठेरो भूमिमा रहेको छ। हिन्दुकुशको उच्चो भाग र हिमाली पर्वतसँगै पूर्वी भेगमा पामिर पहाड छ। हिन्दुकुश, पामिर, तियांशान, कुनलुन र हिमालय क्षेत्र एकसाथ मिलेको छ। भूगोलका हिसाबले अफगान चुनौतीपूर्ण मानिन्छ।
अफगानको भौगोलिक तथा नागरिक एकताले विदेशी शक्ति वा उसको आडमा कब्जा तथा शासन गर्न असंभव रहेको कयौँ तंथ्यहरूले उजागर गरेका छन्।