म निषा : मनभित्रको अन्धकार

अनलाइनखबर

मनिषा कोइराला

सन् २०२० को शुरुआतताका म निकै उत्साहित थिएँ। नयाँ युगको सिनेमा क्षेत्र भएकाले दोस्रो चरणको प्रवेश जस्तो भएको थियो। त्यसैले केही नर्भस, आशावादी थिएँ।

नयाँ प्रविधिमा आधारित सिनेमासँगको मेरो सहकार्य दिवेकर बनर्जीसँग थियो। निर्देशक बनर्जी सिने क्षेत्रका तीक्ष्ण व्यक्तिका रूपमा चिनिन्छन्। उनका कामको प्रशंसा नयाँ शैलीका सिनेमामा रुचि राख्नेहरूले मुक्तकण्ठले गर्दछन्।

नेटफिल्क्ससँग मेरो तेस्रो प्रोजेक्ट थियो। मलाई थाहा थियो, सिनेमाको स्क्रिप्ट विलक्षण प्रकारको थियो। अघिल्ला प्रोजेक्टहरू जसरी उही निर्देशकको काममा सहभागी हुनुले नर्भस र उत्साहित दुवैले भरिएकी र आउने कामका लागि तयार थिएँ। लागेको थियो, मेरो फिल्मी क्यारियर फेरि शुरुआत हुँदैछ। व्यस्त काम र जीवनको दोस्रो अध्यायको शुरुआत भएको जस्तो लाग्यो।

यस प्रक्रियासँगै आफूलाई चुस्त र स्फूर्त राख्नका लागि आयुर्वेदिक भिलेज जाने सोचमा थिएँ। फेब्रुअरीमा सुटिङको सेड्युल थियो। त्यसैले जनवरीमा भिजिट गर्ने भनेर लिस्टमा राखेकी थिएँ। जनवरीको अन्त्यतिर बुवाआमा सहित गोवास्थित आयुर्वेदिक रि–ट्रिटमा गएका थियौं।

 

प्रकाशित मिति: : 2021-08-14 16:32:00

प्रतिकृया दिनुहोस्