काम नभएपछि ‘टुरिस्ट गाइड’हरुले विकल्प खोज्न थाले

देशसञ्चार

काठमाडौँ

 पूर्णिमा बिक

पर्यटन क्षेत्रसँग जोडिएको एउटा महत्वपूर्ण पाटो हो, ‘टुरिष्ट गाइड’। कोरोना महामारीबाट सबै क्षेत्र मारमा परिरहेका बेला टुरिष्ट गाइड पनि त्यसबाट अछुतो रहेनन्।

नेपालमा कोरोना भाइरसको संक्रमण (पहिलो लहर) देखिनेबित्तिकै सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गर्‍यो। देश नै लकडाउनमा परेपछि विदेशी पर्यटक आउने कुरै भएन। र त्यो सम्भव पनि थिएन। कोरोना कहरबाट विश्व नै आक्रान्त थियो। जसका कारण घुमफिर बन्द भयो। घुमफिर गर्नेहरु नभएपछि घुमाउने मान्छेको पनि काम भएन। गाइडहरु बेरोजगार भए। आम्दानीको स्रोत बन्द भयो।

करिब दुई वर्ष हुन लाग्यो, पर्यटन क्षेत्र चलायमान नभएको। तर कोरोना अझै चलायमान नै छ। आफ्नो रुप (नयाँ भेरियन्ट) फेर्दै विश्वभर दौडिरहेको छ। तर पर्यटन क्षेत्रसँग जोडिएका गाइडहरु भने रोजगारीको विकल्प खोजिरहेका छन्। आम्दानीको अर्को विकल्प खोज्ने क्रममा टुरिष्ट गाइडका रुपमा करिब चार वर्ष काम गरेका अभिमन्यू खड्की यतिबेला शेयर बजारतिर लागेका छन्।

प्रकाशित मिति: : 2021-08-12 19:37:00

प्रतिकृया दिनुहोस्