अझै उकालो लाग्दैछ कोरोना संक्रमण

अनलाइनखबर

काठमाडौँ

 

प्रेम लामा

वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएको थियो । यो संख्या असार २० मा १,६०३ जनामा झर्‍यो । त्यसयता केही समय स्थिर र त्यसपछि क्रमश संक्रमितको संख्या बढ्दै मंगलबार ४९०४ मा पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९,१२३ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ४,९०४ जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको प्रत्येक चार जनामा गरेको परीक्षणमा एक जना संक्रमित हुनु हो । मंगलबार थपिएको यो संक्रमित संख्या दोस्रो लहरको न्युनतम विन्दुमा फेला परेको संक्रमित संख्याभन्दा तीन गुणाले बढी हो भने जेठ २६ गतेयताकै उच्च संख्या पनि हो ।

जेठ २६ गतेको अघिल्लो दिन १७,६७६ नमुना परीक्षण गर्दा ५,१५३ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख २८ गतेयता लामो समय संक्रमण स्थिर रह्यो । त्यसको झण्डै दुई महिना पछि असार २० गते १,६०३ संक्रमित फेला परेको थियो ।

प्रकाशित मिति: : 2021-08-10 21:43:00

प्रतिकृया दिनुहोस्