राजा महेन्द्र र रत्नको ‘डेटिङ स्पट’ थियो जय नेपाल सिनेमा हल

बाह्रखरी

काठमाडौँ

 नरेश फुयाँल

५० जना कर्मचारी, महिनाको ३० लाख रुपैयाँ सञ्चालन खर्च तर हलमा वर्षौँसम्म ताला झुन्ड्याएर राख्नुपरेपछि वि.सं. २००९ सालमा काठमाडौंको मुटुमा निर्माण भएको ‘जय नेपाल’ सिनेमा हल बन्द भयो । सञ्चालन खर्च धान्न नसकेपछि सधैँका लागि यो सिनेमा हल बन्द गर्ने निर्णयमा सञ्चालक पुगे ।

काठमाडौंका नागरिकलाई सिनेमा हेर्ने लत बसाउनेमध्येको एक यो त्यही सिनेमा हल हो, जसलाई तत्कालीन राजा महेन्द्र र रत्नराज्यलक्ष्मीले ‘डेटिङ स्पट’ बनाएका थिए ।

पहिलो श्रीमती इन्द्रराज्यलक्ष्मी शाहको निधन भएपछि उनकी बहिनी रत्नसँग नजिकिएका महेन्द्र उनलाई लिएर जय नेपाल हल पुग्थे । राजा आउने भएपछि पहिला नै खबर हुन्थ्यो । सुरक्षा व्यवस्था कडा पारिन्थ्यो । दरबारले भनेको समयका लागि ‘स्पेसल सो’ राखिन्थ्यो ।

प्रकाशित मिति: : 2021-08-10 18:53:00

प्रतिकृया दिनुहोस्