यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यथार्थ आर्थिक परिदृष्यको विवरण (श्वेतपत्र) जारी गरेकाे छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन्।

अर्थमन्त्री शर्माले अघिल्लो सरकारको पालामा थप १ खर्ब ४३ अर्ब रुपैयाँ शाेधनान्तर घाटा बढेको तथ्यांक प्रस्तुत गरेका छन्।

उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६मा पुगेको बताएका छन्।

उनले अघिल्लाे सरकारले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि गर्दा हालसम्मको सञ्चिति कोषबाट समेत पूर्ति गर्दा समेत अझै १ खर्ब ४३ अर्ब अपुग देखिने बताएका छन्।

प्रकाशित मिति: : 2021-08-10 15:58:00

प्रतिकृया दिनुहोस्