काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने (पूर्णपाठसहित)

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि सवारीसाधन संचालमा रोक लगाउने निर्णय गरेका हुन्।

बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले राति ८ बजेपछि  निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

कोरोना संक्रमण बढ्दै गएपछि रातिको समयमा हुने सवारीसाधन संचालमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। 

प्रकाशित मिति: : 2021-08-10 15:25:00

प्रतिकृया दिनुहोस्