प्रधानमन्त्रीलाई ओलीको प्रश्न: कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन डराएकाे ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक भूमि फिर्ता ल्याउने बारेमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको आरोप लगाएका छन्।

ओलीले मंगलबारकाे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारको साझा कार्यक्रममा कालापानी-लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै आपत्ति जनाएका हुन्।

‘लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या होइन पवित्र भूमि हो, फिर्ता लिनुस्। छाड्ने अधिकार छैन सरकारलाई,’ ओलीले भने, ‘फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनुस् हामी छौँ।’

त्यस्तै, ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन्।

‘एमसीसी बिर्सनु भयो कि क्या हो? मैले देखिनँ कतै,’ ओलीले भने, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं।’

प्रकाशित मिति: : 2021-08-10 14:50:00

प्रतिकृया दिनुहोस्