छ महिने छोरो बोकेर सासै थुनिने फोहोरको डंगुरमा दिनभरि काम गर्छिन् अनिता नेपाली

देशसञ्चार

काठमाडौँ

सपना न्‍यौपाने

 

‘बाउबाजेले नगरेको काम गर्नुपर्‍यो। दुःख लाग्यो नि साह्रै! पहिलो दिन काम गरेर घर आएपछि त रोएँ धुरुधुरु। फोहोरको गन्धले ५ दिनसम्म त केही पनि खान मन लागेन।’

६ महिने छोरालाई काखमा च्यापेर फोहोरको थुप्रोमाथि बसी खाना खाँदै गरेकी ३१ वर्षीया अनिता नेपाली सुनाउँदै थिइन् आफ्ना कथाव्यथा। ‘त्यत्रो दाल पकाएको थिएँ, आज त कति थोरै ल्याएछ यो राजकुमारले। कसरी खानु अब मैले यत्रो भात’, जेठो छोरालाई कराउँदै उनले भनिन्।

त्यत्ति नै खेर रुन थाल्छ काखमा भएको ६ महिने कान्छो छोरा। सायद अनिताले खाना खाँदै गर्दा उसलाई काखमा अप्ठ्यारो भएको हुँदो हो।

प्रकाशित मिति: : 2021-08-09 21:11:00

प्रतिकृया दिनुहोस्