जसपाले कारवाही गरेका लुम्बिनीका तीन सांसद्को रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि रिट निवेदन दिएका लुम्बिनी प्रदेशका तीन सांसदलाई सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

पार्टीले कारवाही गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेयले सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्च अदालतले कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाइएको छ।

जसपाले पार्टीको निर्णयविपरीत सरकारमा सामेल भएको भन्दै लुम्बिनीका तीन प्रदेश सांसदलाई कारवाही गरेको थियो। 


 

प्रकाशित मिति: : 2021-08-09 14:38:00

प्रतिकृया दिनुहोस्