अस्पतालका दृश्यले देखाउँछ तेस्रो लहर, कस्तो छ सरकारको तयारी ?

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको संकेत गरे । शनिबार नेपाल मास्क अभियानको शुभारम्भ गर्दै उनले भनेका थिए, ‘कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षण देखिन थालेका छन् । आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउनू् ।’

के नेपालमा तेस्रो लहर सुरु भएको हो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा तेस्रो लहर सुरु भएको निचोड निकालेको छ । ‘हामी तेस्रो लहरको अवस्थामा छौँ,' मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, 'बाहिर कोरोना छजस्तो देखिँदैन तर अस्पतालहरूको अवस्था हेर्दा तेस्रो लहर प्रस्टै देखिन्छ ।’ 

मन्त्रालयले तेस्रो लहर असोजमा पिकमा पुग्ने प्रक्षेपण गरेको छ । ‘तेस्रो लहरको पिक १५ असोजमा पुग्छ भन्ने हो, अहिले नै काठमाडौंका अस्पतालहरू भरिएका छन्,’ सहप्रवक्ता अधिकारीले भने ।

प्रकाशित मिति: : 2021-08-08 22:35:00

प्रतिकृया दिनुहोस्