…अनि धीरेन्द्र प्रेमर्षिलाई मातृभाषासँग प्रेम भयो

थाहा खबर

राजु पौडेल

‘रेडियो नेपालमा सांगीतिक कार्यक्रम फूलबारी प्रसारण हुन्छ। तपाईंले सुन्नुभएको छ?’ साथीले भने।

‘हो र? अब सुन्छु,’ धीरेन्द्र प्रेमर्षि बोले।

'तपाईं त गीत गाइरहनुहुन्छ। फूलबारीमा आफ्नो मातृभाषाको गीत पनि रेकर्ड गर्नुस्‌ न! ,’ सहकर्मी बोले।

मिथिला क्षेत्र अन्तर्गतको सिरहामा जन्मिएका प्रेमर्षिलाई जागिरे जिन्दगीले हुम्ला पुर्‍याएको थियो। फरक भूगोलमा उनका सहकर्मीले उनकै मातृभाषाबारे प्रसंग निकालेपछि मैथिलीबारे खोजी गर्न मन लाग्यो। 

त्यस अघिसम्म फूलबारी कार्यक्रम नसुनेका प्रेमर्षिले रेडियोको बन्दोबस्त गरे। उक्त कार्यक्रममा विभिन्न भाषामा गीत प्रसारण हुन्थे। उनले एकदिन मैथिली भाषाको गीत सुने।

त्यो गीत उनलाई फरक स्वादको लाग्यो। त्यो भन्दा बढी आफ्नो लाग्यो। मानौँ-कसैले महत्वसाथ आफ्नै आवाज प्रसारण गरिरहेछ। भाषाप्रति सम्मोहन बढ्यो।

प्रकाशित मिति: : 2021-08-07 08:33:00

प्रतिकृया दिनुहोस्