माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियाे, निर्णय स्थायी कमिटी बैठकबाट

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। वुद्धनगरमा बिहीबारदेखि जारी बसेको केन्द्रीय कमिटी बैठक सकिए हाे।

बिहीबार २३ र शुक्रबार ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ। ती सबै धारणाकाे जवाफ एकमुष्ट दिनकाे लागि  केन्द्रीय कमिटी बैठक सकिए लगत्तै  स्थायी कमिटी बैठक बसेको छ।

बैठकमा सदस्यहरूले मिश्रित धारणा राखेका छन्। कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेकाे  बैठकमाा सहभागी एक नेताले बताएका छन्। उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने पनि केहीको भनाइ थियो। 

सबै प्रश्न र जिज्ञासाको जवाफ दिन स्थायी समिति बैठक बसेको  हाे। 

प्रकाशित मिति: : 2021-08-06 15:23:00

प्रतिकृया दिनुहोस्