घरको रोग हटाउन ‘स्किल सेवा’ का डाक्टर

थाहा खबर

काठमाडौं

काठमाडौं : काठमाडौं उपत्यकाका खाली जमिन घरले भरिँदै गएको छ। ठूलठूला घर ठडिएको मात्रै देख्छौँ हामी।

तर, घर पनि बिरामी पर्दा अर्थात संरचनामा समस्या निम्तिँदा घरधनीलाई निकै पीडा हुन्छ। लाखौं रुपैयाँ खर्चिएर बनाएको भवनमा धेरै मानिसहरूले जीवन भरको कमाइ खन्याएका हुन्छन्‌। 

घरमा देखापर्ने भौतिक संरचनागत समस्या समाधान गर्न विभिन्न संस्था/व्यक्तिहरू पनि छन्। ती मध्येको एक संस्था हो-‘तपाईंको घरको डाक्टर’ ।

२०७५ सालमा स्किल सेवा सञ्चालन गरेको घरको डाक्टरले अहिले घरमा देखिएका सबै समस्या समाधान गर्नेगर्छ। भक्तपुरका इञ्‍जिनियर रमेश तिमल्सिना, महेश तिमल्सिना र सिन्धुपाल्चोकका रामशरण विक्रम थापाले सञ्चालनमा ल्याएका हुन्।

रमेशले थापाथली क्याम्पसबाट डिप्लोमा इन मेडिकल इञ्‍जिनियरिङ र ब्याच्लर इन सिभिल इञ्‍जिनियरिङ गरेका छन्।

प्रकाशित मिति: : 2021-08-05 08:22:00

प्रतिकृया दिनुहोस्