वैकल्पिक राजनीतिकाे खाेजी यात्रा लामाे थकानतर्फ

शिलापत्र

काठमाडौँ

 बसन्त बस्नेत

 

पाँच वर्ष भइसकेछ बाबुराम भट्टराईले नयाँ शक्तिका पाँच ‘स’ को प्रतिबद्धता दिएकाे । अब त उनैले बिर्सन थालिसके हाेलान्ः नयाँ शक्ति पार्टीमा कर्मचारीदेखि उद्याेगपति, अभियन्तादेखि कलाकार समेट्दै उनले पाँच स काे व्याख्या दिएथेः स्वाधीनता/सार्वभौमिकता, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, समतामूलक समृद्धि, समुन्नत समाजवाद, सदाचार/सुशासन/सुसंस्कृति । उनले नारा नै दिएका थिए, ‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद ।’

नयाँ शक्तिकाे तरिका पनि कस्ताेसम्म थियाे भने, प्रमुख अतिथि होइन, प्रमुख वक्ता । इन्चार्ज होइन, उत्प्रेरक । बन्दसत्र होइन, छलफलसत्र । लेखा समिति होइन, लोकपाल । भ्रातृ संगठन होइन, पेसागत संगठन । वाल–पेन्टिङ होइन, अखबार–टीभीमा विज्ञापन । माइकिङ होइन, मल्टिप्लेक्स हलमा भर्चुअल सम्बोधन । सदस्यता टिकट होइन, अनलाइन दरखास्त । अनि पहाडे कागतमा लेखेका पाँच लाख चिट्ठी । त्यसमा भट्टराईकाे दस्तखत ।

व्यापक चर्चा र हल्लाखल्लासहित ०७३ जेठमा दशरथ रंगशाला भर्ने गरी भट्टराईले पार्टी घाेषणा गरे । उद्घाटन समाराेहमा अतिथि बन्न आइपुगेका प्रधानमन्त्री केपी ओलीले त भेला हेरेर घाेषणै गरिदिएथे, 'याे नयाँ शक्ति भन्ने पार्टीले एमालेबाहेक सबै पार्टीलाई पछि पार्न सक्ने देखियाे ।'

 

प्रकाशित मिति: : 2021-08-04 22:25:00

प्रतिकृया दिनुहोस्