फेरि माओवादी केन्द्रमै फर्किइन् विमला वली

फाइल तस्वीर
फाइल तस्वीर

हप्ता दिनअघि एमाले फर्किएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वली पुनः माओवादी केन्द्रकाे सम्पर्कमा पुगेकी छिन्।

माओवादी नेताहरूकाे सम्पर्क बाहिर रही मुख्यमन्त्री शंकर पाेखरेलकाे पक्षमा लागेकी उनी एकाएक माओवादीमा फर्किएकाे स्राेतले जनाएकाे छ।

सांसद वली बुधबार बिहानै माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादी केन्द्रका एक नेताले बताएका छन्।

केही दिनदेखि आफू मुख्यमन्त्री कार्यालयमै राखी एमालेका सांसदहरूले निगरानी गरेकाे उनले बताइन्।

तर यसअघि सर्वोच्च अदालतको फैसलापछि उनले माओवादीमै रहेको जनाएकी थिइन्। गत वैशाखमा उनले एउटा पत्रकार सम्मेलन गरेरै आफूखुसी माओवादी रोजेको बताएकी थिइन्।

दाङको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सांसदमा निर्वाचित नेकपा एमालेका उत्तरकुमार वलीको एउटा दुर्घटनामा मृत्यु भएपछि त्यहाँको उपनिर्वाचनमा तत्कालीन एमालेले उनकी श्रीमती विमलालाई चुनाव लडाएको थियो।

त्यो चुनावबाट जितेर प्रदेश सांसद भएपछि उनले माओवादी रोजेकी थिइन्। गत फागुनमा सर्वोच्च अदाललतको एउटा फैसलाबाट माओवादी र एमाले अलग अलग भएपछि उनले माओवादी रोजेकी हुन्।

प्रकाशित मिति: : 2021-08-04 13:53:00

प्रतिकृया दिनुहोस्