पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता प्रकट गर्दै सन्यासको घोषणा गरेका हुन्।
‘क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्।’