सत्ता गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ। बैठक विहान बालुवाटारमा बस्ने तयारी भएकाे कार्यदलका एक सदस्यले बताएका छन्।
बैठकले सम्भवतः आज न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकाे छ। यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बालुवाटारमा छलफल पनि भएको थियो।
‘बैठकमा न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल हुनेछ।’ ती सदस्यले बिएल नेपाली सेवासँग भने।
साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी रहेकाे छ। प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ।