रंगमञ्च अर्थात विपिनको आत्मा

बाह्रखरी

काठमाडौं

चार वर्षपछि आफ्नो आत्मामा भेटिए अभिनेता विपिन कार्की । हो आत्मा ! अर्थात उनको अभिनय जीवनको सुरुवात ‘रंगमञ्च’ । उनी रंगमञ्चलाई आफ्नो ‘आत्मा’ भन्छन् । चार वर्ष अगाडि अन्तिम नाटक गर्दा उनी शिल्पी थिएटरमा थिए भने चार वर्षपछिको पहिलो नाटक गर्दा पनि उनी शिल्पीमा नै छन् । 

तर फरक नाटक, फरक पात्र अनि फरक रंगकर्मीहरुका साथ । ‘अनुपस्थित तीन’ नाटक मार्फत लामो समयपछि रंगमञ्चका दर्शकको सामिप्यतामा आउन पाँउदा विपिन उत्साहित अनि केही डराएका पनि छन् । रंगमञ्च मात्रै होइन उनी चलचित्रको पर्दामा पनि करिब दुई वर्षभन्दा धेरै भयो नदेखिएको ‘सेल्फी किंग’पछि विपिन कुनै नयाँ चलचित्रमा देखिएका छैनन् ।
 
चलचित्र र रंगमञ्च दुबैमा लामो अनुभव भए पनि विपिनलाई हरेक पटक क्यामेरा अनि स्टेज अगाडि प्रस्तुती दिँदा नयाँ अनि एक खालको डर भने रहन्छ । “हरेक दिन रिहर्सलमा बसिरहँदा पनि आफू तयार छु जस्तै लाग्दैन प्रिमियर नभएसम्म । शो हुनुभन्दा अगाडिको डर, मिडिया अनि दर्शकको अगाडि आउनु अघिको डर, सातो जान्छ नी ! के होला अडियन्सले कस्तो प्रतिक्रिया दिने होला भन्नेले पनि सताउँछ,” उनी सुनाउँछन् ।
 
एक कलाकारका लागि अभिनयबाट टाढिनु निकै छटपटी हुन्छ । अझै कर्म, धर्म र पेशा सबै यही क्षेत्रलाई मानेका अभिनेता विपिनलाई कोरोना महामारीले आफ्नो कर्मबाट टाढिएर बस्दा निकै छटपटी भैरहेको थियो ।
 

प्रकाशित मिति: : 2021-08-03 06:55:00

प्रतिकृया दिनुहोस्