नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ।
शनिबार बस्ने भनिएको बैठक आजको लागि स्थगित गरिएको थियो। बैठक दिउँसो ३ बजे च्यासलमा बस्न लागेको हो।
आजको बैठकपश्चात एमालेले वरिष्ठ नेता माधव नेपाललाई नपर्खेर अघि बढ्ने बताइएको छ।
आजको बैठकमा पार्टी महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणलगायतका विषयमा छलफल गरिने बताइको छ।
यतिबेला नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा पुगेको छ। यहाँसम्म कि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बोली बारा-बारकाे समेत अवस्था छ।
त्यतिमात्र भए त हुन्थ्यो ! यी दुई नेता एकअर्काको अनुहारसमेत हेर्न चाहन्नन्, पछिल्लो समय। अहिलेको वातावरणलाई हेर्ने हो भने 'को खाई-को खाई म्याउँ, बिरालो !' को अवस्था छ।
निवर्तमान प्रधानमन्त्रीसमेत रहेको ओलीले वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई साथ दिएको भन्दै एमालेमा अब नेता नेपालको कुनै ठाउँ नभएको स्पष्ट पारे।
माधव नेपाल बाहिरिएसँगै पार्टीमा अब खुट्टा तान्नेहरु कोही नभएको भन्दै ओलीले भने, ‘माधव नेपालजस्तो देशद्रोहीलाई एमालेमा कुनै ठाउँ छैन।’
पार्टी विवादको कुनै पूर्णविराम नभएको भन्दै चौधरीले भने, 'यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने र केपी ओली नै एमालेको अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ।'
उनले केही समयमै ६ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको बताए।