सुनको शहर 'एल-डोराडो' जहाँ मानिसहरु सुन खाेज्न जान्छन्

Photo's : pinterest.com
Photo's : pinterest.com

कहिल्यै सोच्नुभएकाे छ, तपाई सँग सुनको घडी हाेस्। सुनको भाँडा हाेस्। सुनको टेबल हाेस्। वा तपाई हिँड्ने बाटोभरी सुन छरपष्ट हाेस्।

आधुनिकतासँगै प्रविधि जतिसुकै विकास भए पनि पृथ्वीमा अझै थुप्रै रहस्यहरु लुप्त छन्। पर्दा अगाडि नआएका प्राचिन रहस्यहरु सुन्दा हामीलाई कुनै दन्त्य कथाजस्तो लाग्छ। जुन्, केही काल्पनिक हुन्छन् भने केही यथार्थ नै।

त्यस्तै एउटा रहस्यमय शहरको नाम हो, एल-डोराडो। 'एल-डाेराडो' एक स्पेनिश शब्द हो। जसको अर्थ हुन्छ, 'सुनको शहर' अर्थात् 'सुनको भूगोल'।

अचेल मानिसहरु सम्पन्न हुन जस्तो हर्कत गर्न पनि तयार हुन्छन्। त्यसैमाथि धन सम्पती त झन् कसलाई पो मन नपर्ला र ?

विश्वभरीका सबैभन्दा धेरै खोज तथा अनुसन्धानकर्ताहरु आज पनि दक्षिण अमेरिका जान्छन्। यो विश्वास लिएर कि त्यहाँ सुनको शहर छ। 

सुनको शहर ? सुन्दा अचम्म लाग्छ। तर इतिहास र तथ्यलाई हेर्ने हो भने यो वास्तविक नै हो। सन १५३० को दशकतिर दक्षिण अमेरिका एउटा सुनको शहर एल-डोराडो भएको पाइएको छ।

प्रसिद्ध लेखक बेन ह्यामटले आफ्नाे पुस्तक 'एल-डाेराडाे: सर्च फर दी लस्ट सिटी' मा त्यहाँ कहिल्यै नसकिने सुनको खानी भएकाे तथ्य लेखेका छन्। यस शहरमा सबैभन्दा सस्तो भनेको नै सुन थियो।

यस शहरमा मोतीजस्तै चम्कने धातुको पनि ठूला-ठूला खानी थिए। यसबारेमा थुप्रै हलिउड चलचित्रसमेत बनाइएका छन्। यस शहरको बारेमा थुप्रै पुस्तक र लेखहरुसमेत प्रकाशित गरिएका छन्।

वास्तविक इतिहास

त्यस शहरमा 'मुयस्का' जातका आदिवासीहरुको बहुल्यता रहकाे थियाे। उनीहरुको समुदायलाई एक जना राजाले नेतृत्व गरेका थिए।

उनीहरुको समुदायमा एउटा अचम्मको संस्कार थियो। नयाँ राजाले पदासन गर्नुपूर्व उसले एक धार्मिक अनुष्ठान गर्नुपर्थ्याे।

धार्मिक अनुष्ठान गर्दा उ नाङ्गै प्रस्तुत हुनुपर्थ्यो। राजालाई अनुष्ठान गराउने चार धार्मिक गुरुहरु पनि नाङ्गै प्रस्तुत हुनु पर्थ्यो। कुनै सफा र पवित्र तलाउको बीचमा सुनको डुंगामा उभाइन्थ्यो। र अन्य नागरिकहरुले किनाराबाट दर्शन गर्थे।

त्यस शहरमा निर्माण हुने अधिकांश भौतिक संरचनाहरुमा सुन नै प्रयोग गरिन्थ्यो। यहाँसम्म कि फोहोर पानी बग्ने नालासमेत सुनले बनाइएको हुन्थ्यो।

पुस्तकमा लेखिए अनुसारमा त्यस शहरमा सुन खोज्न विश्वभरका मानिसहरु पुग्थे। तर कमै मानिसले मात्र सुन लिएर फर्कन सफल हुन्थे भने धेरै मानिस शहरमै मर्थे।

यो शहर सन् १६५० को दशकतिर लुप्त भएको विभिन्न खोज तथा अनुसन्धान कर्ताहरुले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।

आजभोली पनि त्यो शहर भएको ठाउँमा वर्षेनी हजारौ विदेशीहरु त्यहाँ पुग्छन्। कोही सुन खोज्नको लागि जान्छन् भने कोही अनुसन्धान गर्न।

त्यस शहरबाट फर्किएका मानिसहरुको अभिव्यक्तिले 'एल-डोराडो' साँच्चीकै सुनको शहर भएको विश्वास गरिएको हो। त्यहाँबाट फर्किने केही मानिसहरुले सुनसमेत ल्याएको पाइन्छ।

प्रकाशित मिति: : 2021-08-01 17:23:00

प्रतिकृया दिनुहोस्