लुम्बिनीमा जसपाका तीन मन्त्री सांसद पदमुक्त

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ।

शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गरेर उनीहरूको पदमुक्तको जानकारी गराएको हाे। 

निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र लेखेको थियो।

 

प्रकाशित मिति: : 2021-07-30 16:11:00

प्रतिकृया दिनुहोस्