सर्वाेच्चमा महन्थ ठाकुरकाे रिट- आयाेगकाे निर्णयले केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त हुने भयाे

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आयोगले साउन ११ गते 'हेड काउन्ट' गर्दै बहुमतकाे आधारमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो। तर उक्त निर्णयविरुद्ध नेता ठाकुर आज सर्वोच्चमा पुगेका हुन्।

रिटमा उनले निर्वाचन आयोगको निर्णयले पार्टी विभाजन हुँदा केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने भन्दै आयोगको निर्णय कार्यान्वयन नगर्न र नगराउन माग गरेका छन्।

रिटमा उनले भनेका छन्, ‘यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नू-नगराउनू भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ।'

 

प्रकाशित मिति: : 2021-07-30 15:59:00

प्रतिकृया दिनुहोस्