'सांसद'मा पुनर्बहाली गर्न माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट, भाेलि सुनुवाइ हुने

पार्टीको कारवाहीमा परेर प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार जना पूर्व माओवादी नेताहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको र आफूहरुलाई परमादेशबाट सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै आज (बुधबार) सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

उनीहरू चारै जना पूर्वमन्त्रीसमेत हुन्। सर्वोच्चले रिटमाथिको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकेको छ।


 

प्रकाशित मिति: : 2021-07-28 14:49:00

प्रतिकृया दिनुहोस्